काठमाडौँ, २३ साउन । नेपाल टेलिकमले रिचार्ज कार्डमा देखिएको समस्या सामाधान भएको बताएको छ । नेपाल टेलिकमले आफ्नो रिचार्ज प्रणालीमा सुधार गर्ने क्रममा शनिबारदेखि रिचार्ज कार्डमा प्राविधिक समस्या उत्पन्न भई ग्राहक वर्गमा पर्न गएको असुविधाप्रति क्षमायाचना पनि गरेको छ ।
कम्पनीले एक विज्ञप्तिमार्फत रिचार्ज कार्डमार्फत हुने रिजार्ज ९८द्धज्ञद्द८एष्ल ऋयमभ३र ज्ञद्धज्ञद्द क्ष्ख्च् मार्फत० मा विशेष प्राविधिक समस्या उत्पन्न भई उक्त कोडबाट रिचार्ज हुन सकेको समयमा ग्राहक वर्गले देखाएको धैर्यता र सद्भावप्रति आभार व्यक्त गरेको छ । साथै अवरुद्ध सेवा हिजो दिउँसो करिब ३ बजेबाट सञ्चालन भएको टेलिकमले जनाएको छ ।
टेलिकमका प्रवक्ता प्रतिभा वैद्यले टेलिकमको रिचार्ज कार्डमा आएको समस्या समाधान भई पूर्ववत् रुपमा सञ्चालन भएको जानकारी दिनुभयो ।
