घोराही, २३ साउन ।
अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा शनिवार घोराही–९ बाहुनडाँडामा सरसफाई गरिएको छ । वडा नम्वर नौ का सामाजिक परिचालक सरस्वती खड्काको नेतृत्वमा जग्मा भएका युवाहरुको टोली सरसफाई गरेको हो । सरसफाई कार्यमा युवा सञ्जालका प्रतिनिधि,टोल विकास सस्थाका सदस्य,वडा नागरिक मञ्चका सदस्यहरुको सहभागिता रहेको थियो । त्यस अवसरमा प्रतियोगितात्मक घैठाफोर कार्यक्रम समेत भएको थियो । 
घैठाफोर प्रतियोगितामा सानुराज चौधरी प्रथम, द्वितीय दिनेश नेपाली, तृतीय विशाल जि.एम. हुनुभएको थियो । प्रतियोगितामा २५ को सहभागिता रहेको थियो । यसैविच वडा नागरिक मञ्चको सयोजक शान्ति चौधरीको अध्यक्षता तथा जिल्ला युवा सञ्जालका सचिव नेत्रसागर चौधरीको प्रमुख आथित्यतामा भएको भेलाले वडा स्तरिय युवा सञ्चालको पुर्नगठन गरिएको छ ।
पुर्नगठित युवा सञ्जालको अध्यक्षमा सुरज चौधरी चयन हुनुभएको छ । जसको उपाध्यक्ष सुमन चौधरी,सचिवमा दिनेश नेपाली,कोषाध्यक्षमा पार्वती वली रहनुभएको छ । त्यस्तै सदस्यमा विशाल घर्ति,ललित केसी,अञ्जु चौधरी,दिपक चौधरी,बोधबहादुर थापा,सविन चौधरी,रोशन चौधरी,प्रविण चौधरी,विजय नेपाली रहनुभएको छ ।
त्यस अवसरमा वडा नम्वर नौका पूर्व वडा अध्यक्ष दुर्गाप्रसाद श्रेष्ठ,टोल विकास सस्थाका मनिराम चौधरी,देउमान परियार,झुमा गुरुङले बोल्नुभएको थियो । कार्यक्रमको सञ्चालन सामाजिक परिचालक सरस्वती खड्काले गर्नुभएको थियो । भेलालेअन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा यहि साउन २४ गते रक्तदान र २७ गते हुने युवा भेलामा विशेष सहभागिता हुने निर्णय गरेको छ ।











