सप्तरी, साउन २३ –
सप्तरीमा दुई वटा टाउको भएको वच्चा जन्मिएको छ । जिल्लाको हनुमाननगर स्वास्थ्य चौकीमा शनिबार बेलुका दुईवटा टाउको भएको बच्चा जन्मिएको हो ।  सप्तरीको इनर्वा गाविस–९ घर भई अहिले हनुमाननगर योगिनीमाई नगरपालिका–१० बस्दै आएकी २३ वर्षकी नुनुदेवी यादवको तेस्रो सन्तानका रुपमा अस्पतालमा दुई वटा टाउको भएको छोरा जन्मिएको हो ।mumbai_

बालकको टाउकोको पछाडिपट्टि पनि टाउकोमा नाक, कान, मुख छ । बच्चालाई हेर्न अस्पतालमा भीड लागेको अस्पतालले जनाएको छ ।
यसअघि यादवको एक छोरा र एक छोरी रहेको परिवारजनले बताएका छन् ।

बच्चालाई थप उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको प्रमुख झाले बताउनुभयो । रासस