दाङ, २३ साउन
कम्युनिष्ट न्युक्लियस नेपाल पार्टीले देशमा भएका विभिन्न ३ वटा घटनाप्रति आफ्नो ध्यानाकषर्ण भएको जनाएको छ । कम्युनिष्ट न्युक्लियस नेपालका केन्द्रिय संयोजक हेमन्तप्रकाश ओली ‘सुदर्शन’ ले एक प्रेस बिज्ञप्ति जारी गर्दै नेपालमा भएको सरकार परिबर्तन, क्रान्तिकारीहरुको ध्रुवीकरण र प्राकृतिक प्रकोपबाट देशमा भएको क्षतिप्रति ध्यानाकषर्ण भएको जनाउनुभएको छ । Sudarshan_

के.पी. ओलीको सरकार ढालेर पुष्पकमल दाहाल प्रचण्डको सरकार बन्नुु ‘कुनै गुणात्मक परिबर्तन नभएर बिदेशिहरुको चाहाना मात्र हो’ बिज्ञप्तिमा भनिएको छ ।

नयाँ माओवादी पार्टीको पुर्ननिमार्ण र बिकासको आवश्यकता रहेको भन्दै सुदर्शनले क्रान्तिकारी पार्टीहरुवीच धुब्रिकरण र एकताको लागि बातावरण बन्दै गरेको समयमा केहि संचारमाध्यमले संका उत्पन्न गराउने काम गरेको आरोप लगाउनुभएको छ ।

यस्तै विज्ञप्तीमा देशमा भएका प्राकृतिक प्रकोपवाट जनधनको ठुलो क्षति भएको भन्दै क्षतिपुर्ति र राहतको ब्यबस्था गर्न सरकारसंग माग गरिएको छ ।

विनाशकारी भुकम्प, बाढीपहिरोवाट सर्वसाधारण जनताले अकालमै ज्यान गुमाउनुका साथै ठूलो क्षति व्यहोर्नुपरेको सुदर्शनद्धारा हस्ताक्षरित विज्ञप्तीमा उल्लेख छ ।

प्राकृतिक प्रकोपमा परेर ज्यान गुमाउनेहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै पीडितहरुलाई क्षतिपुर्ती उपलव्ध गराउन र राहतको व्यवस्थान गर्न राज्यको ध्यानाकर्षण गराईएको छ ।

kkसाथै प्राकृतिक स्रोतहरुमा दलाल पुँजीवादी दूरुपयोग, विकास निर्माण कार्यमा रहेको अवैज्ञानिकताका कारण यस वर्ष पनि बाढीपहिरोले व्यापक जनधनको क्षति भएको भन्दै अवदेखि विकास निर्माणमा अवैज्ञानिकता रोक्न सरकारसंग माग गरिएको छ ।।