इन्द्रेणी संवाददाता
प्यूठान, २२ साउन प्युठान। जुम्रीकाँडा गाविसका पहिरोपीडित १३ घरपरिवारलाई राहत वितरण गरिएको छ । नेकपा माओवादी केन्दले संकलन गरेको २ सय ७० किलो चामल र राप्ति सार्वजनिक यातायात व्यवसायी समितिद्धारा संकलित १ सय किलो चिउरा र १५ कार्टुन चाउचाउ वितरण गरिएको नेकपा माओवादी केन्द्रका जिल्ला सचिवालय सदस्य बल वहादुर केसीले जानकारी दिनुभयो ।
जुम्रीकांढा गाविस वर्डा नं ७ पातलकटेरीका १३ घरपरिवार पहिरोद्धारा विस्थापित भएपनि अहिलेसम्म कतैवाट राहत नपाएको स्थानिय छविलाल थापाले वताउनुभयो । पहिरोले ईमान घर्ति क्षेत्रिको घर पुर्ण रुपमा पुरेको छ भने छविलाल थापा, जगत थापा, गगन थापा, वल वहादुर थापा,शेरे घर्ति, सन्ता घर्ति, टेकि थापा, छवि घर्ति, दिक्षा खड्का, ईश्वर घर्ति, कृष्णा घर्ति र मनवीर घर्तीको परिवार विस्थापित भएको छ ।।











