दीपक शर्मा/ बर्दिया
साउन, २२ । बर्दियामा पङ्खा मर्मत गर्ने क्रममा एक जनाको ज्यान गएको छ । गुलरिया नगरपालि वडा नं ७ तुलापुर चोक निवासी ३४ वर्षिय राकेश गुप्ताको आफनै घरमा रहेको पंखा मर्मत गर्ने क्रममा करेन्ट लागेर ज्यान गएको हो ।
करेन्ट लागेर घाइते भएका गुप्ताको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जानकारी दिएको छ ।।
