कपिलवस्तु, २२ साउन
कपिलवस्तुमा घर भत्किँदा एकै परिवारका ३ जनाको मृत्यु भएको छ । जिल्लाको गुगौली–५ तिनघरवामा घर भत्किँदा २५ वर्षीया सत्यवती भर, १२ वर्षीय मनवरी भर र ५ वर्षीय श्यामसुन्दर भरको मृत्यु भएको प्रहरीले जनाएको छ । घर भत्किदा पुरिएर एकजना घाइते भएका छन् ।
death-body
सत्यवतीको उपचारको क्रममा भैरहवा मेडिकल कलेजमा र अन्यको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरिक्षक सुनिल कुमार प्रधानले जानकारी दिनुभएो छ । घटनालगत्तै प्रहरीले घाइतेलाई भैरहवा पठाएको थियो ।

घाइते भएका चिन्नी भरको मेडिकल कलेज भैरहवामा उपचार भैइरहेको छ ।
प्रहरीका अनुसार गएराति करिब साढे आठ बजे घरको बरण्डामा बसेर खाना खाइरहेका बेला पक्की घरको छतको झाप खसेर परिवारका सदस्यहरु थिचिएका थिए । पुरानो र जिर्ण रहेकाले घरको झाप खसेको प्रहरी निरिक्षक प्रधानले बताउनुभयो ।।