SAMSUNG CSC

इन्द्रेणी संवाददाता 

दाङ । घोराही स्थित मा.वि.लिटल एञ्जलका शिक्षक विद्यार्थीहरुले रामपुर ३ बालिम खोलाका दलित दम्पतिलाई सहयोग गरेका छन् । शुक्रबार इन्द्रेणी अनलाइनमा कसले देला यी दलित वृद्ध दम्पत्तीलाई नाना , छाना र माना ? शिर्षक  र नयाँ युगबोध दैनिकामा बृद्ध दम्पतिको गुजारा न छानो न मानो शिर्षकको समाचार प्रकाशित भएपछि नमबहादुर विक र उनकी श्रीमति आईती कट्वाल्नीलाई उक्त विद्यालयका विद्यार्थीहरुले सहयोग गरेको हुन ।

SAMSUNG CSC

कक्षा ७, ८ ९, र १० का विद्यार्थीहरुले शुक्रवारको खाजा खर्च कटाएर जम्मा गरेको करिव सात हजार रुपैयाँ बरावरको दाल,चामल, तेल, नुन, फलफूल, कपडा, चप्पल, त्रिपाल लगायतका विभिन्न सामाग्री हस्तान्तरण गरेको विद्यालयका प्रिन्सिपल यादव गिरीले जानकारी दिनुभयो । ति सामाग्री बृद्ध दम्पतिकै घरमा पुगेर विद्यार्थीहरुले हस्तान्तरण गरेका हुन । विहान पत्रिका पढेपछि भोक भोकै बृद्ध दम्पती छट्पटाई रहेको कुरा थाहा पायौ सबै विद्यार्थीहले सल्लाह गरेर एक दिन बरावरको खाजा कटाएर सहयोग गर्न पाउँदा खुशी भएका छौ विद्यार्थी दामोदर महराले भने ।

SAMSUNG CSC

यहाँ आउदा अबस्था झनै विजोग रहेछ अब फेरी अर्काे पटक सहयोगको वातावरण तयार गर्नका लागि सबैले अभिभावकलाई भन्छौ अर्का विद्यार्थी संगिता पूनले भनिन्न् । विद्यालयले नियमित रुपमा दाङका विभिन्न स्थानमा सरसफाई कार्यक्रम सञ्चालन गर्दे आएको बताउँदै पुनले बृद्ध दम्पतिको घरमाआएर सरसफाई र सहयोग गर्न पाउँदा निकै उत्साहित भएको भनाई छ ।

13913605_1154725937924077_3890152553845860048_oयसो त विद्यालयका शिक्षक विद्यार्थीहरु सबै मिली घर वरपरको सरसफाई समेत गरेका थिए । बस्नका लागि घर नभएको बताउँदै घर बनाउनका लागि आफुहरुले सहयोग गर्ने विद्यालयका शिक्षक विमल कुमार रोकाले बताउँनुभयो । विद्यार्थीहरुले बृद्ध दम्पतिलाई जुस र खाना समेत पकाएर खुवाएका थिए । विद्यालयका प्रिन्सिपल यादव गिरीले घर निमार्णका लागि विद्यालय र आफुले सक्दो सहयोग जुटाउँने वताउँनुभयो ।