दाङ, साउन २१ । दाङमा जंगली च्याउको तरकारी खाँदा सात जना विारमी परेका छन् । चयाउ खाएका तीन परिवारका सात जना विरामी परेका हुन ।

mushroomदाङको पहाडी गाबिस काभ्रे ३ जुम्लेपानीमा जंगलबाट ल्याएको च्याउको तरकारी खाँदा ५४ बर्षिया हेमादेवी खत्री, २३ बर्षीय बसन्त खत्री, १९ बर्षीया ज्ञानी खत्री, ३४ बर्षीय मदन घर्ती, २८ बर्षीया लक्ष्मी घर्ती, ९ बर्षीय प्रकाश घर्ती र ५८ बर्षीया धनी घर्ती विरामी परेका छन् । बिरामी सबैको राप्ती उपक्षेत्रीय अस्पताल घोराहीमा उपचार भइरहेको छ ।

स्थानीय मौवालेख सामुदायिक वन क्षेत्रबाट ल्याएको च्याउको तरकारी खाएपछि उनीहरु विरामी परेको मदन घर्तीले बताए । काठमा उम्रेको च्याउ खाएपछि बान्ता हुने, पखाला लाग्ने, रिङाटा लाग्ने र टाउका दुख्ने समस्या देखिएको छ ।