काठमाडौं – पूर्ववर्ती सरकारको राजदूत नियुक्तिको निर्णय प्रचण्ड सरकारले उल्ट्याएपछि राप्रपा नेपालमा खैलाबैला भएकोछ । यस अघिको निर्णयमा राप्रपा नेपालबाट तीन जना राजदूतका लागि सिफारिसमा परेका थिए । राप्रपा नेपालबाट निरन्जन थापा रसिया, भरतबहादुर रायमाझी यूएई र खगेन्द्र बस्नेत बंगलादेशका लागि सिफारिसमा परेका थिए ।

kamal-thapa

आज बसेको मन्त्रिपरिषद्को बैठकले सुनवाई भइसकेका राजदूतबाहेकलाई रद्द गर्ने निर्णय गरे संगै राप्रपा नेपालले तिब्र असनटुष्ठि जनाउदै यसबारे आधिकारीक धारणा तय गर्न अहिले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।