दाङ १८ साउन । प्रधानमन्त्री पुष्प कमल दाहल प्रचण्ड आज पधानमन्त्री निबास बालुवाटार सर्नु हुने भएको छ ।
प्रधानमन्त्रीमा निर्वाचित भएपछि हिजो राष्ट्रपतिबाट पद तथा गोपनियताको सपथ लिएका प्रचण्ड आज बालुवाटार सर्न लाग्नुभएको हो । आज दिउँसो ४ बजे प्रचण्ड बालुवाटार सर्ने प्रचण् सचिवालयले जनाएको छ ।
खाना पकाउने भाँडा मात्रै खरिद गर्ने
यसै बिच पुष्प कमल दाहल प्रचण्डले प्रधानमन्त्री निबासमा चाहिने आधारभुत सामान बाहेक अन्य सामान खरिद नगर्ने बताउनुभएको छ । उहाँले तत्काल खाना पकाउने भाडा कुडा, सुत्ने लत्ता कपडा मात्रै किन्ने बताउनुभएको छ ।
निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली बालकोट सरेपछि खाली भएको प्रधानमन्त्री निवास बालुवाटारमा किचेनका सामानहरु एकाएक हराएका छन् । प्रधानमन्त्री ओलीको बहिर्गमनलगत्तै प्रधानमन्त्रीको भान्साका सामानहरु कर्मचारीहरुले घरघरमा लगेको हुन सक्ने अनुमान गरिएको छ ।
प्रधानमन्त्री र मन्त्रीहरुले निवास छाड्दा यसरी सामानहरु चोरी हुने र हराउने गरेको यो पहिलो घटना होइन । विगतमा पनि यसैगरी सामानहरु हराउने गरेका थिए ।
नवनिर्वाचित प्रधानमन्त्री प्रचण्ड बालुवाटारमा सर्न लागेको थाहा पाएपछि कर्मचारीहरुले भान्सामा प्रयोग हुने भाँडाकुँडा र तन्नाहरु नयाँ किन्नुपर्ने बताएका छन् ।
प्रधानमन्त्री प्रचण्डले बालुवाटारमा केही पनि नयाँ सामानहरु नकिन्न र पुरानै सामानहरुबाट काम चलाउन कर्मचारीलाई निर्देशन दिएको स्रोतले बतायो ।
पहिलोपटक प्रधानमन्त्री बनेका बेला प्रचण्डले एक लाखको पलङ खरिद गरेको चर्चा चलेको थियो । कर्मचारीले आफैं सामानहरु यो / यो चाहिन्छ भन्दै किन्ने गरेको बुझेपछि प्रचण्डले यसपटक पुरानै सामानबाट काम चलाउनु नयाँ नकिन्नु भन्ने निर्देशन दिएको स्रोतले बताएको छ ।
तर, भान्साका थाल बटुका र भाँडाकुँडाका साथै खाटमा ओछयाइने तन्नासमेत रातारात गायव पारिएकाले नयाँ किन्नैपर्ने भएको स्रोतले बतायो । बालुवाटार स्रोतका अनुसार प्रचण्ड शुक्रबार अपरान्ह ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा सर्ने कार्यक्रम छ ।