प्युठान, २१ साउन
प्युठानमा अविरल वर्षसँगै आएको पहिरोका कारण विस्थापित भएकाहरुलाई राहत पु¥याउन थालिएको छ । सडक अवरुद्ध हुँदा बजार क्षेत्रमा थन्किएका राहत सामाग्रीहरु पीडित सम्म पु¥याउन थालिएको हो । विभिन्न निकायहरुले संकलन गरेको खाद्य तथा गैर खाद्य सामाग्रीहरु वितरण शुरु गरिएको जिल्ला दैवि प्रकोप उद्धार समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिनुभयो । rahat_pyuthan

पहिरोबाट प्रभावित १३ गाविसकै लागि हिजोदखी राहत वितरण शुरु गरिएको हो । फोप्ली गाविसका लागि फोप्ली–२ लुप्लुङसम्म सामाग्री पु¥याइएको छ । यस्तै, खवाङ, लुङ, स्याउलिवाङ, डामृ, लिघाका लागि धर्मावती धाइरेसम्म सवारी मार्फत सामाग्री पु¥याइएको छ । त्यहाँबाट बोकाएरै दुई घण्टाको यात्रामा बाहाने पु¥याइएको छ । यसैगरी, ओखरकोट, लिवाङ, खुङ र पुँजाको लागि नारिकोटको रातामाटाबाट, अर्खा, रजवाराको लागि खुङको सालिविसौनाबाट राहत वितरण थालिएको छ ।

गैर सरकारी संस्था महासंघ प्यूठान मार्फत जिल्लामा क्रियाशिल सामाजिक संस्थाहरु, कारितास नेपाल, आक्स फाण्डेसन काठमाण्डौं, पतञ्जली योग पीठ, होटल व्यवसायी संघ, आइएमइ इन्टरनेश्नल, नेपालगञ्ज उद्योग बाणिज्य संघ, नेपालगञ्ज क्षेत्रका लायन्स क्लवहरुले पीडितहरुका लागि खाद्यान्न सामाग्री वितरण गरेका छन् । राहत वितरण र संकलनका लागी राजनैतिकल दलहरुल पनि लागेका छन ।।