दाङ, २१ साउन
दाङमा आज हायसले मोटरसाईकललाई ठक्कर दिदा तीनजना घाइते भएका छन् । तुलसीपुरको बैंक चोकमा बा २ ख ३६८४ नम्वरको हायसले रा २ प २५३० नम्वरको मोटरसाईकललाई ठक्कर दिदा त्यसमा सवार दुइजना र पैदल यात्रु घाइते भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ । images

घाइते हुनेमा मोटरसाईकल चालक तुलसीपुर ५ निवासी वर्ष ३० का रापेश अली, पछाडी सवार वर्ष २३ का सलिन अली र पैदल यात्रु तुलसीपुर १२ निवासी ५५ बर्षीया टम्सी चौधरी रहेको प्रहरीले वताएको छ । मोटरसाईकल चालक अलीको एउटा हात भाँचिएको छ भने अन्य दुइ जनाको अवस्था सामान्य रहेको छ ।

खुट्टा र हातमा गहिरो चोट लागेका मोटरसाईकल चालक अलीलाई राप्ती अञ्चल अस्पताल तुलसीपुरको प्रारम्भिक उपचारपछि थप उपचारका लागि कोहलपुर रिफर गरिएको छ । अन्य दुइजनाको अञ्चल अस्पतालमा उपचार भइरहेको छ । दाङबाट काठमान्डौं जानका लागि रजौमा यात्रु लिन गएको हायसले बैंकचौकमा उक्त मोटरसाइकललाई ठक्कर दिएको हो ।।