कास्की, २१ साउन
सेती नदीमा पौडी खेल्ने क्रममा २ किशोरको डुबेर ज्यान भएको छ । पोखरा–१८ खाल्टेमसिनाको ओखलढुंगा भन्ने ठाउँ नजिकै सेती नदीमा विहीबार पौडी खेल्ने क्रममा उनीहरुको डुबेर मृत्यु भएको हो । पौडी खेल्ने क्रममा डुबेका अर्का एक जना बेपत्ता छन् भने एकजना पौडिएर बाँच्न सफल भएका छन् ।
डुबेर मृत्यू हुनेमा पर्वत घर भई पोखराको सिर्जनाचोक बस्ने १७ वषिर्य शंकर जिसी र नदीपुरका १७ वषिर्य अभिषेक बरुवाल छन् । मृतक शंकर र अभिषेक पोखरा उच्च मावि बगरमा अध्ययनरत विद्यार्थी हुन् । उनीहरुको शव नदीले बगाएको ठाउँभन्दा करीब एक किलोमिटर तल भेटिएको थियो ।
त्यस्तै १८ वषिर्य शुरेश मल्ल बेपत्ता छन् । उनी जनप्रिय क्याम्पसका विद्यार्थी हुन् । उनलाई विहीबार रातीसम्म सेतीको तल्लो भागमा खोजि गरिएपनि नभेटिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरिक्षक गजुसिद्धी बज्राचार्यले जानकारी दिए ।











