इन्द्रेणी संवाददाता
दाङ, २१ साउन
नेपालको ३९ औं प्रधानमन्त्रीमा पुष्पकमल दाहाल प्रचण्ड निर्वाचित भएको अवसरमा दाङको सैघामा दिप प्रज्ववलन गरिएको छ । नेकपा माओवादी केन्द्र सैघा गाउँ पार्टीको आयोजनामा कार्यालयक प्राङ्गणमा दिप प्रज्वलन गरिएको हो । कार्यक्रममा स्थानीय नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो । jang

कार्यक्रममा सहभागीहरुले कठिन परिस्थितीका वावजुत प्रचण्ड प्रधानमन्त्रीमा निर्वाचित भएपछि खुशी लागेको वताएका थिए ।

साथै प्रचण्ड नेतृत्वको सरकारले भुकम्प पीडित, वाढीपहिरो पीडित र जनताको पक्षमा काम गर्न पनि आग्रह गरेका छन । माओवादी केन्द्र सैघा गाउँ पार्टी अध्यक्ष उदय विकको अध्यक्षतामा भएको कार्यक्रममा सहिद परिवारका तर्फवाट दान वहादुर विक, अमर सुनार, विर वहादुर नेपाली, सुदिप सुनार, थमन रायमाझी लगाएतले वोल्नुभएको थियो ।

यसैविच सो अवसरमा नेकपा एमाले परित्याग गरी ३ जना माओवादीमा प्रवेश गरेका छन ।

2प्रवेश गर्नेहरुमा शोभाराम वस्नेत, बशन्त विष्ट र दिल वहादुर रावत रहनुभएको सो पार्टीका जंग रोकाले जानकारी दिनुभयो । एमाले पार्टी परित्याग गरि माओवादी केन्द्रमा प्रवेश गर्नेहरुलाई स्वागत गरिएको छ ।।