गएको चैत्रमा परेको असिना सहितको पानीले तरकारीबालिमा क्षेति पु¥याएका दाङका २ हजार किसानलाई तरकारीको बिउ बितरण गरिएको छ । दाङका बिभिन्न गाबिस र नगरपालिकामा असिना पानीले तरकारी बालिमा क्षति प¥ुयाएपछि प्रत्यक किसानलाई २ सय ८७ रुपैया मूल्य बराबरको तरकारीको बिउ कम्पोजिट प्याकेज बितरण गरेको जिल्ला कृषि बिकास कार्यालयका सुचना अधिकारी भरत पोख्रेलले जानकारी दिनुभयो ।asina

फुलबारी गाबिसमा २ सय २५, तुलसीपुर नगरपालिकाको उरहरीमा ४३, डुरुवामा ५ सय ५३, धर्नामा ५ सय, र गंगापरस्पुर गाबिसमा एक सय किसानलाई एकरएक प्याकेट तरकारीको बिउ कम्पोजिट प्याकेट बितरण गरिएको सुचना अधिकारी पोख्रेलले बताउनुभएको छ । सरकारले मुला, रायो, काउली, केराउ, धनिया र बन्दागोभी लगायत गरी पौने ६ लाख रुपैया बराबरा तरकारीका बिउहरु पठाएको हो ।।