नेपाली कांग्रेसले आकाँक्षीहरुको संख्या र वरियताक्रमको विवाद सम्हाल्न नसकेपछि सरकारमा जाने थोरै संख्याका मन्त्री मात्र छानिएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वमा पहिलो चरणमा विस्तारित मन्त्रिपरिषदमा काँग्रेसबाट दुई र माओवादी केन्द्रबाट तीन जना मन्त्री परेका छन् ।
नेपाली कांग्रेसले पहिलो चरणमा सरकारमा सहभागी हुने तीन जना मन्त्रीको टुङ्गो लगाए पनि वरियताक्रम र आफूलाई छुट्टाइएको मन्त्रालयप्रति असन्तुष्टि जनाउँदै अर्जुननरसिङ केसीले सपथ लिन जानु भएन । आफूभन्दा कनिष्ठलाई पार्टीको तर्फबाट सरकारको नेतृत्व गर्न पठाएको भन्दै केसीले असन्तुष्टि जनाउनु भएको हो ।
कांग्रेसकातर्फबाट बिमलेन्द्र निधीले सरकारमा पार्टीको नेतृत्व गर्ने निर्णय सभापति शेरवहादुर देउवाले गर्नु भएपछि असन्तुष्टि बढेको हो । सभापति देउवाले नेता निधी, केसी र रमेश लेखकलाई मन्त्री बनाउने निर्णय आजै गर्नु भएको थियो ।