पुरन्धारा गाविसबाट आर्थिक वर्ष २०७२/०७३ मा कुनै पनि रकम फ्रिज नभएको सोही गाबिसले जनाएको छ । गाविसमा प्राप्त असी लाख रुपैयाभन्दा बढी विभिन्न शिर्षकमा खर्च भएको कार्यालयले जनाएको छ ।

tulsipur surkhetविभिन्न कार्यलयबाट प्राप्त रकम विकास तथा लक्षित बर्गको खर्च भएको पुरन्धारा गाविस कार्यालयले जनाएको छ । पुरन्धारा गाविस कार्यालयमा गएको आर्थिक बर्ष २०७२/०७३ मा गाविस अनुदान रकम, क्षेत्र विकास कोष, सांसद विकास कोष तथा जिल्ला विकास समिति कार्यालय, जिल्ला प्राविधीक कार्यालयबाट गरी असी लाख ६२ हजार रुपैया प्राप्त भएको पुरन्धारा गाविस सचिव यामबहादुर केसीले जानकारी दिनुभयो