इन्द्रेणी संवाददाता
सुचना तथा संचार मन्त्री हुँदा हातहातमा मोबाइल घरघरमा इन्टरनेट भन्ने नारा लिएर जनताका बीच निकै लोकप्रिय बनेका बर्तमान उपप्रधान तथा अर्थमन्त्री कृष्ण बहादुर महराले आज सपथ लिए लगतै आफ्नो कार्यकक्षमा पुगेर पदभार ग्रहण गरेका छन् ।
पदभार ग्रहण गर्दै गर्दा जनताको हितमा आफुले दिनरात नभनेर काम गर्ने प्रतिबद्धता व्यक्तगर्दै उनले आफ्नो कार्यकक्षमा संक्षिप्त मन्तव्य राख्दै आफुलाई स्वागत गरेकोमा सम्पुर्ण मन्त्रालय परिवारलाइ हार्दिक धन्यवाद ज्ञापन गर्दै । देशमा नाजुक आर्थिक स्थिती भएका बेला आफुले अर्थमन्त्रीको जिम्मेवारी सम्हाल्नुपरेपानी आफुले आर्थिक बृद्धिदर बढाएर अर्थतन्त्रलाइ मजबुत गर्ने चुनौतीसँग जुध्न सबैलाई तयार रहन आग्रह गर्दै तिनवटा नितिगत निर्णय व्यक्त गरेकाछन ।
उपप्रधान तथा अर्थमन्त्री कृष्ण बहादुर महराले गरेका तीन नीतिगत निर्णयहरु
युवा उद्यमीलाइ प्रोत्साहनका लागि बिशेष कार्यक्रम गर्ने,
बिकासका लागि विनियोजित वजेट प्रभावकारी ढंगले खर्च गर्ने,
राजश्व संकलनलाइ बैज्ञानिक र आधुनिकिरण गर्ने ।
यी तीन नीतिगत निर्णयलाई बस्तुगत योजना र कार्यक्रममा ढाल्न आफुलाई मद्दत गर्न आग्रह गर्दै आफुले मान्छेको अनुहार हेरेर होइन नीति तथा बिधिमा टेकेर जनहितमा काम गर्ने महराले बताए ।