बेलायतको राजधानी लण्डनमा एक व्यक्तिले मानिस माथि अन्धाधुन्ध चक्कु प्रहार गरेका छन् । चक्कु प्रहारबाट एक महिलाको मृत्यु भएको छ । अन्य पाँच जना घाइते भएका छन् । रसल स्क्वायरमा आक्रमणकारीले चक्कु प्रहार गर्न थालेपछि स्थानीयले प्रहरीलाई फोन गरेका थिए ।

knife-bloodत्यसपछि मात्रै प्रहरी र एम्बुलेन्स घटनास्थल पुगेको थियो । प्रहरीले रसल स्क्वायरबाट एक पुरुषलाई पक्राउ गरेको छ । त्यो आतंककारी आक्रमण हो कि होइन भन्ने बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । घटनापछि सुरक्षा चेकजाँच बढाइएको प्रहरीले बताएको छ ।