इन्द्रेणी संवाददाता
दाङ, २० साउन
मंगोल नेश्नल अर्गनाइजेशन पार्टीका केन्द्रिय प्रवक्ता थमन वुढा मगरले मंगोल जातिहरु यो देशका मुलवासी भएको वताउनुभएको छ । मंगोल नेश्नल अर्गनाइजेशन जिल्ला सभा दाङले आज घोराहीमा आयोजना गरेको मंगोल प्रशिक्षण कार्यक्रममा वोल्दै मगरले नेपालमा ८० प्रतिशत मंगोलहरु अर्थात मुलवासीको वसोवास रहेको वताउनुभयो ।
नेपालमा बाहुनवाद हावी हुँदै गएको भन्दै मगरले अव मंगोलहरुलाइ यो देशको मालिक वनाउँन आफ्नो पार्टी संघर्षरत रहेको वताउनुभयो । नेपालमा वर्षौदेखी वाहुनवादको रोग लागेको जिकिर गर्दै उहाँले वाहुनवाद विरुद्ध लडाइको नेतृत्व आफुहरुले गर्ने वताउनुभयो ।
हावालाइ देख्न नसकिएपनि अनुभव गर्न सकिए जस्तै बाहुनवाद पनि नदेखिएको तर आफुहरुले अनुभुत गरेकाले त्यसलाइ पन्छाउने अभियानमा रहेको प्रवक्ता मगरले जोड दिनुभयो । अव मगर, थारु, राइ, लिम्वु, कामी, दमाइ र सार्कीहरुले वाहुनवाद विरुद्ध युद्ध र वन्दुकको लडाइँ नभएर विचारको लडाँइ लड्ने वेला आएको उहाँको भनाइ थियो ।
मंगोल नेश्नल अर्गनाइजेशन जिल्ला सभा दाङका अध्यक्ष समीर पुन मगरको अध्यक्षता तथा सो पार्टीका पार्टीका केन्द्रिय प्रवक्ता थमन वुढा मगरेको प्रमुख आतिथ्यता र सभाका रुपन्देही अध्यक्ष शिव वहादुर गुरुङको विशिष्ट आत्थियताका मंगोल प्रशिक्षण कार्यक्रम भएको हो ।।











