इन्द्रेणी संवाददता
रुकुम, ६ बैशाख
रुकुमको सिस्ने गाविसका अधिकांश खेतवारी सिचाँइको अभावले वाँझै रहेका छन । गाँउमा खेतियोग्य जमिन भएपनि सिचाइ सुविधा भएका कारण ९ महिनालाइ पुग्ने खाद्यान्न उत्पादन गर्न पनि समस्या हुँदै आएको छ । गाविसरभरि एउटा सिचाँइ आयोजना पनि नभएपछि वर्षमा एकपटक मकै वालीमात्र लगाउने गरेको स्थानीय गणेश वुढाले वताउनुभयो ।
आकाशे पानीको भरमा तल्लो भेगका केहि घरधुरीले हिँउदे वाली लगाउने गरेपनि अधिकांश नष्ट भएर जाने गरेको छ । आलु र मकै मुख्य उत्पादन हुने गरेकोमा हिउदयाममा अभिकांश खेतीयोग्य जमिन वाँझै रहने गर्दछ । गाविसका करिव ६० प्रतिशत परिवारमा गरिबीको चपेटामा रहेको जनज्योति मावि वल्लेचौरका शिक्षक अनिशकुमार थापाले वताउनुभयो ।
उहाँका अनुसार ४० प्रतिशतमात्रै घरधुरीमा मात्रै वर्षभरी खान पुग्ने गरेको छ । प्रत्येक परिवारसंग ५ देखी २० रोपनीसम्म खेतीयोग्य जमिन रहेपनि सिचाइ अभावले वाँझै हुने गरेको छ । जिल्ला खाद्य सुरक्षा समितिले ५ वर्षदेखी सिस्ने गाविसलाइ खाद्य असुरक्षितको सुचीमा राखेको छ । वर्षमा एक वालीमात्रै लाग्ने भएकाले त्यहाँका स्थानीयले मजदुरी र वैदेशिक रोजगारीलाइ मुख्य पेशा वनाएका छन ।।