इन्द्रेणी संवाददाता
जाजरकोट, ६ बैशाख
जिल्ला कृषि विकास कार्यालय जाजरकोटले किसानहरुलाइ मकै र धानको विउ ढुवानी छुटमा वितरण गर्दै आएको छ । लामो खडेरीले खेतिपातीमा कमि आएका कारण कृषकहरुलाई सौहुलियतको लागी मकैको विउ प्रति किलो ४२ रुपैया र धानको विउ प्रतिकिलो ४५ रुपैयाको दरले ढुवानी अनुदान छुट गरी वितरण गरीरहेको हो ।
किसानहरुको हिउदे खेति नभएकाले समयको माग र कृषकको समस्यालाई मध्यनजर गर्दै भविष्यमा आउने भोकमरी समस्यालाई न्युनिकरण गर्नको लागी ढुवानी छुट गरी वर्षे सिजनको लागी खाद्यन्न वाली मकै र धानको विउ वितरण गरेको कार्यालयका कृषि प्रसार अधिकृत मुकेश रामजाली नेपालीले बताउनुभयो ।
उहाँले जाजरकोटका २६ गाउ विकास समिति र १ नगरपालीकामा कृषकहरु मकै र धानको विउ लिन आएमा ढुवानी दिने व्यवस्था भएको जानकारी दिनुभयो । सदरमुकाम देखि टाढाको दुरीमा रहेका रग्दा, भगवती, नायकबाडा, रोकायगाउ रामिडाडा, दह, मजकोट लगायत गाविसका कृषकहरुलाई समयमै कार्यालयमा सम्पर्क गर्न आग्रह गरेको वताएको छ ।।