काठमाडौँ । महाराजगञ्जस्थित निवास आइतबार राति करिब ३ बजे पक्राउ परेका पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा छुटेका छन् । उनलाई आफन्तीको जिम्मा लगाएर पठाएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रामेश्वर कार्कीले बताएका छन् ।
जबरा र उनका परिवारका सदस्यहरू सुतिरहेका बेला प्रहरी उनको महाराजगञ्जस्थित निवासमा पुगेर नियन्त्रणमा लिएको थियो । तर उनलाई किन र कसरी नियन्त्रणमा लिइयो त्यसको औपचारिक रुपमा भने प्रहरीले कारण खुलाएको छैन । बजरा पक्राउ परेको सूचना वाहिरिएपछि प्रहरीले उनलाई पक्राउ गरिएको नभई सुरक्षा खतरा भएकाले प्रहरी कार्यालयमा ल्याइएको बताएको थियो । तर जबराले आफूलाई त्यस्तो कुनै सुरक्षा खतराबारे जानकारी नभएको भन्दै घरमै थप सुरक्षाकर्मी खटाइदिन प्रहरीसँग आग्रह गरेका थिए ।
प्रहरीले सुरुमा उनलाई नियन्त्रणमा लिइएको पुष्टि गरेको थियो । तर पछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले सुरक्षा चुनौतीका कारण उनलाई सुरक्षित स्थानमा लगिएको बताएको थियो ।











