रेखा मगर
दाङ, २० साउन
दाङमा प्रहरीले अवैध रुपमा गिट्टि बालुवा उत्खनन् गर्ने सवारी साधन नियन्त्रणमा लिएको छ । आज लक्ष्मीपुर गाविस ४ बबई खोलामा अवैध रुपमा गिट्टि बालुवा उत्खनन् गरीरहेका २ वटा ट्याक्टरलाइ नियन्त्रणमा लिएको हो ।
भे १ त ६७२४ र भे१ त २५२४ नं. को २ वटा ट्रयाक्टरहरुलाई जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको बिशेष प्रहरी टोलीले पक्राउ गरी आवश्यक कार्वाहीको लागी जिल्ला विकास समितिको कार्यालय घोराही दाङमा पठाएको जनाएको छ ।।











