इन्द्रेणी संवाददाता
दाङ, २० साउन
दाङमा बिद्यालय जाने उमेरका बालबालिलाई भर्ना गर्ने अभियान सफल भएको जिल्ला शिक्षा कार्यालय दाङले जनाएको छ । जिल्ला शिक्षा अधिकारी रमेश मैनालिका अनुसार जिल्ला शिक्षा कार्यालय दाङले थालेको बिद्यार्थी भर्ना अभियानले सफलता पाएको छ ।
जिल्ला शिक्षा कार्यालय दाङको तथ्याङ्क अनुसार बिद्यालय जाने उमेरका ५ सय ४ जना बिद्यार्थी मात्रै बिद्यालय बाहिर छन् । यो संख्या दाङको बिद्यालय जाने उमेर समुहका कुल बिद्यार्थीको संख्याको तुलनामा निकै न्युन रहेको शिक्षा अधिकारी मैनालिले जानकारी दिए ।
उनले भने ‘ हामीले ९५ प्रतिसत भन्दा बढि बालबालिकालाई आफुले बिद्यालय भर्ना गर्न सफल भएका छौ , यो देशकै बिद्यालय भर्नाको नमुना काम हो । ’ बिद्यालय जाने उमेरका बालबालिकालाई भर्ना गर्ने काममा दाङ देश भरकै उत्कृष्ठ भएको उनको दाबि छ ।
उनले भनेका छन् अहिले सम्म कुनै जिल्लाले पनि यसरी सत प्रतिसत बिद्यार्थी भर्ना गर्न सकेका छैनन् । दाङ बिद्यार्थी भर्नामा देशकै उदाहरणीय जिल्ला बन्न सफल भएको उनको भनाई थियो । जिल्ला शिक्षा कार्यालय दाङले बिद्यालय जाने उमेरका बालबालिकालाई बिद्यालय भर्ना गराउन दुई चरणमा अभियान थालेको थियो ।
पहिलो चरणमा बैशाख १ देखी १५ गते सम्म र दोस्रो चरणमा बैशाख १५ देखी ३० गते सम्म बिद्यार्थी भर्ना अभियान संचालन गरेको मैनालिले जानकारी दिनुभयो । त्यो अभियानले सार्थक रुप दिएको उनलको भनाई थियो । यस्तै दाङमा पढदा पढदै बिभिन्न कारणले बिद्यालय छोडेका तथा सडक बालबालिका कसरी निरक्षर बनाउने भन्ने चिन्ताको बिषय बनेको उनले बताए ।
केहीलाई गएको आर्थिक बर्षमा निरन्तर सिकाई कक्षा मार्फत निरक्षर बनाएको भए पनि अझै धेरै सडक बालबालिका त्यस्को पहुँचमा पुग्न नसकेको भन्दै उनीहरुलाई शिक्षाको पहुँचमा पु¥याउनु चिन्ताको बिषय भएको उनको भनाई छ । कति बालबालिकाले पढन नमान्ने , भाग्ने जस्ता समस्याले पनि उनीहरुलाई सहजै साक्षर बनाउन समस्या भएको उनले बताए ।।
