तुलसीपुर, २० साउन
रेडियो हाम्रो पहुँच ८९ मेगाहर्जको आयोजनामा तुलसीपुरमा सञ्चालित पत्रकारीता तालिमको समापन गरिएको छ । समापन कार्यक्रममा बोल्दै हाम्रो पहुँच बहुउद्देश्यीय सकारी संस्थाका अध्यक्ष शुक्रराज भण्डारीले तालिमले कुसल पत्रकार उत्पादनमा सहयोग गर्नेमा जोड दिनु भएको छ । कार्यक्रमका प्रमुख अतिथि रहनु भएका भण्डारीले पाँच दिने तालिममा आवश्यक सबै ज्ञान दिन नसकिएपनि पत्रकारीतामा पाइला टेक्न सक्ने बनाएको बताउनु भयो ।
तालिमले प्रतिस्ठीत पत्रकार उत्पादनमा महत्वपूर्ण भुमिका निर्वाह गरेको भन्दै अध्यक्ष भण्डारीले पत्रकारले अधिकार खोज्दै जाँदा कर्तब्य भुल्न नहुने बताउनु भयो ।
तालिम संयोजक बसन्त पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा रेडियो सञ्चालन उपसमिति सदस्य उत्तम प्रसाद भण्डारीले तालिमले सहभागीहरुलाई रेडियो र सञ्चार सम्बन्धी ज्ञान दिएको बताउनु भयो । पत्रकार ज्ञानले भरिएको ब्यक्ति भएको भन्दै भण्डारीले ज्ञानको अभावमा पत्रकारीता अपुरो हुने बताउनु भयो ।
रेडियो हाम्रो पहुँचका समाचार प्रमुख नारायण भण्डारीले प्रमाणपत्रले मात्र सफल्ता प्राप्त नहुने भन्दै नियमित साधना गर्न सहभागीहरुलाई आग्रह गर्नुभयो । कार्यक्रम सञ्चालक खुमा अधिकारीको सञ्चालनबाट सुरु भएको कार्यक्रममा सहभागीहरु रुपलाल गिरी र मिरा जिएमले पाँच दिनको पत्रकारीता तालिम ब्यवहारीक भएको बताउनु भएको थियो ।
पाँच दिन सम्म सञ्चालन भएको तालिममा सहभागीहरुलाई आधारभूत पत्रकारीता, रेडियो उद्घोषण र प्राविधिक तालिम प्रदान गरिएको थियो ।
