रसुवा, २० साउन
स्थानीय तहको पुनःसंरचनामा गाउँपालिकाको सङ्ख्या तथा सिमाना निधारणको बिषयलाई लिएर धुन्चेबासिहरुले गरेको आन्दोलनलाई समाचारलाई स्थान दिएको भन्दै रेडियो रसुवाका अध्यक्ष दीपक लामालाई प्रहरीले पक्राउ गरेको छ । index

धुन्चेबासिहरुले सोमबारदेखि गरेको रसुवा बन्दलाई प्राथमिकता दिएको आरोप लगाउँदै हिजो साँझ लामालाई पक्राउ गरेको हो । घटनामा संलग्न भएको भन्दै प्रहरीले खोजि गरेको सुन्नमा आएपछि लामा आफैं प्रहरीकोमा गएपछि पक्राउ गरेर राखेको हो ।

समाचारलाई नै आधार बनाएर प्रहरीले नियन्त्रणमा लिनु गैरजिम्मेवार भन्दै तत्काल रिहाइका माग पनि गरिएको छ । पत्रकार महासंघ रसुवाका सदस्य समेत रहेका लामालाई पक्राउ गरेसँगै रेडियो रसुवा, जिल्ला स्थित पत्रकार महासंघ, प्रेस चौतारी, प्रेस युनियन लगायतले रसुवा प्रशासनको ध्यानाकर्षण गराउर्दै सम्मानको साथ रिहाई गर्न माग गर्दै छुटटा छुटटै बिज्ञप्ति जारी गरेका छन ।।