चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशन अन्तर्गत आज बुधबार ९९ केन्द्रीय सदस्यका लागि मतदान हुँदैछ।

बिहान ८ बजेबाट मतदान सुरु गर्ने तयारी छ । पार्टीको संशोधित विधान अनुसार केन्द्रीय समिति १५८ सदस्यको हुनेछ, जसमध्ये ९९ जना निर्वाचनबाट छानिने व्यवस्था गरिएको छ । निर्वाचनमा करिव ४५ सय बढी मतदाताले मतदान गर्ने छन् । महाधिवेशन चितवनमा जारी छ ।