चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापति पदमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले निर्विरोध भएका छन्।
पुरूषतर्फ एक उपसभापति पदका लागि विराजभक्त श्रेष्ठले आफ्नो दाबी फिर्ता लिएपछि वाग्ले निर्विरोध भएका हुन्।

पार्टीको संशोधित विधान अनुसार पदाधिकारी संख्या १९ जनाको छ। यसमध्ये सभापतिसहित ७ जनाको मात्र निर्वाचन हुने व्यवस्था छ।

सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित भइसकेका छन्। बाँकी ६ जना पदाधिकारीका लागि मात्र मतदान हुनेछ। वरिष्ठ नेतामा प्रधानमन्त्री बालेन शाह सहित १२ जना पदाधिकारी मनोनीत हुने छन्। विधान अनुसार एक सभापति, दुई उपसभापति, एक महामन्त्री र तीन सहमहामन्त्री पदका लागि चुनाव हुने व्यवस्था छ।