काठमाडौं । आज विहीबारको प्रतिनिधि सभा बैठकमा बजेट सम्बन्धी उठेका प्रश्नहरुको जवाफ सम्बन्धित मन्त्रलायका मन्त्रीहरुले दिने कार्यसूची थियो ।

संसद् सचिवालयले सार्वजनिक गरेको कार्यसूचीमा प्रधानमन्त्रीले प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय र रक्षा मन्त्रालयको बजेटमा उठेका प्रश्नको जवाफ दिने उल्लेख थियो । तर प्रधानमन्त्री बालेन्द्र शाह संसद बैठकमै उपस्थित भएनन् ।

बैठकमा अन्य मन्त्रीहरुले भने आफ्नो मन्त्रालयको बजेटमा उठेका प्रश्नहरुको जवाफ दिएका छन् । संसदमा प्रधानमन्त्री उपस्थित नभएपछि सम्बन्धित मन्त्रालयको बजेटका बारेमा पनि अर्थमन्त्री स्वर्णिम वाग्ले दिएका छन् ।