काभ्रे । काभ्रेको बुच्चाकोटमा अरनिको यातायातको बस दुर्घटना हुँदा सात जनाको ज्यान गएको छ । बनेपाबाट रोशी गाउँपालिकाको खार्पाचोकका लागि छुटेको बा ३ ख ८३९८ नम्बरको बस नमोबुद्ध नगरपालिका–२ बुच्चाकोटमा दुर्घटना भएको हो ।
दुर्घटनामा सात जनाको ज्यान गएको र ज्यान गुमाउनेको परिचय खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । घटनास्थलमा अहिले उद्धार कार्य भइरहेको छ । १६ जनालाई उद्धार गरी धुलिखेल अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ । दुर्घटनाको थप विवरण आउन बाँकी छ ।











