काठमाडौं । सरकारले देशभर नयाँ सार्वजनिक सवारी साधनको दर्तामा रोक लगाएको छ। बढ्दो वायु प्रदूषण, ट्राफिक जाम र अव्यवस्थालाई कारण देखाउँदै नयाँ सार्वजनिक सवारी साधनको दर्तामा रोक लगाएको हो।

यातायात व्यवस्था विभागले विद्युतीय सवारी साधनसमेतको नयाँ दर्ता रोक्न सात वटै प्रदेशका सम्बन्धित मन्त्रालय र स्थानीय तहलाई निर्देशन दिएको छ। सार्वजनिक सवारीको वैज्ञानिक व्यवस्थापन नहुँदा आवागमनमा कठिनाइ, इन्धनको बढ्दो मूल्य र सवारीको अत्यधिक चापले गर्दा यो निर्णय लिइएको बताइएको छ ।

विभागले यो निर्णय ‘सवारी तथा यातायात व्यवस्था ऐन, २०४९’ को दफा २४ को उपदफा (३) मा टेकेर गरेको जनाएको छ । याँ सार्वजनिक सवारी साधन दर्ता हुने छैनन् ।