दाङ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत दाङ करिव ५१ प्रतिशत खसेको छ । दिउँसो ४ बजेसम्म ५१ दशमलव ५ प्रतिशत अर्थात दुई लाख २२ हजार १२ मत खसेको हो । जसमा ९९ हजार ५१७ पुरुष र एक लाख २२ हजार ४९५ महिला रहेका छन् ।

जिल्लाका तीन वटै निर्वाचन क्षेत्रमा ४ लाख ३१ हजार ६ सय ८६ मतदातामध्ये दुई लाख २२ हजार १२ मत खसेको लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र कवरले जानकारी दिए ।