दाङ । दाङको बबई गाउँपालिका–१ जिलामा १० मत मात्रै खसेको छ । तर बबई–७ को मलईमा अझै मतदान हुन सकेको छैन। ६८२ मतदाता रहेको बबई गाउँपालिका–१ स्थित जनता आधारभूत विद्यालय जिलामा दिउँसो पौने ४ बजेसम्म ५ महिला र ५ पुरुष गरी १० जनाले मात्र मतदान गरेको निर्वाचन अधिकृत चिरञ्जीवी खड्काले जानकारी दिएका छन् ।
यस्तै, बबई गाउँपालिका–७ तल्लो मलईखोलास्थित देउती माविमा अहिलेसम्म एक मत पनि खसेको छैन। यहाँ ५३० मतदाता रहेको छ । बबई गाउँपालिका–१ र ७ अन्तर्गत बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा बसोबास गर्ने स्थानीयले बस्ती स्थानान्तरणको माग राख्दै निर्वाचनमा मतदान नगर्ने अडान राख्दै आएका छन्। सोही अनुसार स्थानीयले मतदान बहिष्कार गरेका हुन् ।











