गलकोट। बागलुङको मध्यपहाडी राजमार्गबाट स्कुल भ्यान दुर्घटना हुँदा २४ जना स्कुले बालबालिका घाइते भएका छन् । बागलुङमा बागलुङ नगरपालिका–१, रामरेखामा सञ्चालित न्यू एभरेस्ट एकेडेमी स्कुलको विद्यार्थी बोकेको ग ३ च ८६२१ नम्बरको भ्यान दुर्घटना भएको हो।

बागलुङ नगरपालिका–३ स्थित नेपाल भाषा मङ्काखल बागलुङको भवननजिकैभ्यान दुर्घटना भएको छ । दुर्घटनमा २४ जना घाइते भएको प्रहरी उपरीक्षक तिलक भारतीले बताएका छन् । घाइतेमध्ये चारको अवस्था गम्भीर रहेको छ ।