सल्यान । सल्यान श्रीनगरबाट सदरमुकाम खलङ्गातर्फ आउँदै गरेको अटो रिक्सा शारदा नगरपालिका–२ खलङ्गास्थित सिँचाइ कार्यालयनजिक दुर्घटना हुँदा दश जना घाइते भएका छन् ।
दिउँसो करिब २ बजेतिर रा १ ह २१९५ नम्बरको अटो अनियन्त्रित भई सडकबाट करिब ५०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । अटोमा चालकसहित ११ जना सवार थिए ।
दुर्घटनामा घाइते भएका १० जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्यान पठाइएको छ । घाइतेमध्ये सिद्दकुमाख गाउँपालिका–१ का ७८ वर्षीय टरबहादुर रेउले र ३ वर्षीया सृष्टि विकको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । चालकसँग सवारी चालक अनुमतिपत्र (लाइसेन्स) समेत नभएको पाइएको छ ।











