Motorcycle and truck accident

दाङ । दाङमा ट्रकको ठक्करबाट एक युवकको मृत्यु भएको छ। घोराहीबाट लमहीतर्फ जाँदै गरेको रा ८ प ३६३१ नम्बरको स्कुटरलाई सोही दिशातर्फ जाँदै गरेको नम्बर नखुलेको ट्रकले ठक्कर दिँदा स्कुटरको पछाडि सवार लमही नगरपालिका ६ निवासी २२ वर्षीय अंकित चौधरी गम्भीर घाइते भएका थिए ।

घाइते अंकितलाई उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी रेशम बोहराले जानकारी दिएका छन् । उनको अनुसार आइतबार दिउँसो करिब ३ बजेतिर घोराही उपमहानगरपालिका १५ स्थित भिंग्रेली होटेल नजिक उक्त दुर्घटना भएको थियो ।

प्रहरीका अनुसार स्कुटर चालक अंकितका बुवा ५३ वर्षीय झपेन्द्रबहादुर चौधरी हुन्। झपेन्द्रको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ।