१९ साउन, काठमाडौं ।
नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपालको ३९ औं प्रधानमन्त्रीमा बुधबार निर्वाचित हुनुभएको छ । प्रचण्ड नेपालको प्रधानमन्त्रीमा निर्वा्चित भएको यो दोस्रो पटक हो ।prachand

यसअघि २०६५ सालमा पनि प्रचण्ड प्रधानमन्त्री बन्नुभएको थियो । गणतान्त्रिक नेपालमा दुईपटक प्रधानमन्त्री बन्ने प्रचण्ड पहिलो कम्युनिष्ट नेतासमेत बन्नुभएको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाले प्रचण्डलाई प्रधानमन्त्रीमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव पेश गर्नुभएको थियो । सो प्रस्तावको पक्षमा ३६३ र विपक्षमा २१० मत खसेको छ । संसद बैठकमा जम्मा ५७३ सांसद उपस्थित थिए ।।