काठमाडौं । सामाजिक सञ्जालमार्फत अफवाह फैलाएको आरोपमा आज युवराज पौडेल (सफल) पक्राउ परेका छन्। सामाजिक सञ्जालमार्फत अफवाह फैलाएको, गाली गलौज गरेको अभियोगमा प्रहरीले उनलाई पक्राउ गरेको हो।

गालीगलौज, अफवाह फैलाएको आरोपमा पक्राउ गरिएको र म्याद थपेर अनुसन्धान अघि बढाएको
जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी रमेश थापाले जानकारी दिएका छन्।

सफललाई महान्यायाधिवक्ता सबिता भण्डारी लक्षित गरी नकारात्मक, अपशब्द, गाली गलौज, बेइज्जती तथा विभिन्न मुद्दामा रकम लेनदेन गरी मुद्दा फिर्ता लिने कार्य गरेको भन्दै आरोप लगाएका अभियोग लगाइएको छ ।