दाङ । आज वसन्त पञ्चमी अर्थात विद्याकी देवी सरस्वतीको पूजा आराधना गर्ने दिन । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने वसन्त पञ्चमी सरस्वतीको विधिपूर्वक पूजा आराधना गरी आज देशभर मनाइँदैछ। आजको दिन सरस्वतीको पूजा गरे विद्या बुद्धि बढ्ने विश्वास गरिन्छ।

आज देशभरका सरस्वती मन्दिरमा पूजा आराधना गर्न श्रद्धालुको भीड लाग्छ। विद्यालय नपठाइएका साना बालबालिकालाई आजकै दिनदेखि अक्षरारम्भ गराउने चलन छ। आजको दिन लुम्बिनी प्रदेश सरकारले सार्वजनिक विदा दिएको छ ।