काठमाडौं । आजदेखि देशका पश्चिमी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज रातिदेखि भोलि बेलुकासम्म विशेषगरी सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
वर्षासँगै उच्च हिमाली भू–भागहरुमा मध्यम हितपात हुने सम्भावना पनि रहेको महाशाखाले जनाएको छ । आजदेखि भित्रने प्रणालीले हुस्सु लागिरहेका तराईका जिल्लामा हुस्सु हट्नुको साथै वायु प्रदूषण पनि घटाउने मौसमविद्ले बताएका छन् । यस वर्षको हिउँदमा वर्षा र हिमपात कम हुनुको साथै तापक्रम औसतभन्दा माथि रहेको अनुमान गरिएको छ ।










