दाङ । दाङको निर्वाचन क्षेत्र नम्बर २ बाट ठूला राजनीतिक दलले छुट्टाछुटै उम्मेदवारी दर्ता गर्ने देखिएको छ । जनका लागि नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी र रास्वपाले उम्मेदवार तोकिसकेका छन् ।
क्षेत्र नं. २ बाट यसपटक काग्रेसले किरण किशोर घिमिरेलाई उम्मेदवार बनाएको छ । त्यस्तै नेकपा एमालेले पार्टीका महासचिव शंकर पोख्रेललाई उम्मेदवार बनाएको छ । नेपाली कम्युनिस्ट पार्टीले निर्मल आचार्य र रास्वपाले विपिन आचार्यलाई उम्मेदवार बनाएको छ ।
०७९ को निर्वाचनमा यस क्षेत्रमा तत्कालिन नेकपा माओवादी र कांग्रेसको गठबन्धनसँग एमाले एक्लै चुनाव लड्को थियो । जसमा गठबन्धनको तर्फबाट रेखा शर्माले महासचिव पोख्रेललाई १५६ मतको झिनोमतान्तरले पराजित गरेकी थिइन् । यसपटक नयाँ एकला एक्लै चुनावमा होमिनु र नयाँ सक्तिका रुपमा रास्वपा आएकाले चुनाव रोचक हुने देखिएको छ ।
निर्वाचन आयोगको कार्यतालिका अनुसार प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता आज तोकिएको छ ।











