काठमाडौँ । आज तामाङ समुदायको सोनम ल्होसार । विभिन्न कार्यक्रमको आयोजना गरी यो समुदायले सोनाम मनाउँदैछन् । पात्रोअनुसार सर्प वर्ष पूरा भई घोडा वर्ष शुरु भएको मानिन्छ।
ल्होसारका १२ वटै वर्ष पशुपन्छीको नामबाट गणना गरिने गरेको पाइन्छ । सोनम ल्होसारलाई मुसा, गाई, बाघ, खरायो, ड्रागन ९मेघ०, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा विभाजन गरिएको छ । सोनम ल्होसारका अवसरमा सोमबार देशभर सार्वजनिक बिदा दिइएको छ।











