काठमाडौं । कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा निर्णायक वार्ताका लागि सभापति शेरबहादुर देउवा निवास महाराजगन्ज पुगेका छन्। व्याप्त विवाद निरूपणको अन्तिम प्रयास स्वरूप महामन्त्रीद्वय देउवालाई भेट्न महाराजगन्ज पुगेको वार्ता समितिका सदस्य प्रदीप पौडेलले बताए ।
विवाद समाधानको अन्तिम प्रयास स्वरूप भएको वार्तामा सहमति जुट्ने सम्भावना कम रहेको छ। महामन्त्रीद्वयको आहनमा भृकुटीमण्डमा चलिरहेको विशेष महाधिवेशनका आज नयाँ नेतृत्वका लागि उम्मेदवारी दिने समय तोकिएको छ । वार्ता नमिले नयाँ नेतृत्वका लागि उम्मेदवारी दर्ता प्रक्रिया अघि बढिसकेकाले यो पक्रिया नरोकिने इतरपक्षका एक नेताले बताए ।











