दाङ । घोराही उपमहानगरपालिका वडा नं. १४ स्थित गोरखा टोलमा मगर संघ घोराहीले पौष २५ गतेदेखि सञ्चालन गरेको “दोश्रो सांस्कृतिक तथा पर्यटन महोत्सव २०८२” मा घोराही उपमहानगरपालिकाको संयुक्त बजार अनुगमन टोलीले
अनुगमन गरेको छ ।

अनुगमनका क्रममा महोत्सवमा रहेका विभिन्न ब्याबसायिक स्टलहरु खास गरी खाद्य सम्बन्धी रहेका समानहरुमा त्रुटि पाइएको थियो । सो त्रुटि सुधार गर्न व्यवसायहरुलाई अनुगमन टोलीले आवश्यक निर्देशन दिएको छ ।

अनुगमनका क्रममा चाट पसलहरुले चाट तथा पानीपुरीमा अखाद्य रङ्ग मिसाएको मसला प्रयोग गरेको भेटिएको र केही म्याद गुज्रीएको चाउमिनका प्याकेटहरु भेटिएकाले ती सामाग्रीहरु नियन्त्रणमा लिइ नष्ट गरिएको छ ।

अनुगमन घोराही उपमहानगरपालिकाको उपभोक्ता हित संरक्षण शाखा, राजस्व व्यवस्थापन शाखा, जिल्ला प्रशासन कार्यालय , नेपाल पत्रकार महासंघ, वडा प्रहरी कार्यालय, घोराही नगर प्रहरी लगायतका विभिन्न नियमनकारी निकायहरुको उपस्थिति थियो । घोराही उपमहानगरपालिकाको संयुक्त बजार अनुगमन टोलीले बजार क्षेत्रमा पनि अनुगमन गर्दै आएको छ ।