काठमाडौं । नेपाल राष्ट्रका निर्माता बडामहाराजाधिराज पृथ्वीनारायण शाहको जन्मदिन दिन अर्थात पृथ्वीजयन्ती । देशमा विभिन्न कार्यक्रमको आयोजनागरी मनाइदैछ ।
यो दिवस नेपाल एकीकरण दिवस वा राष्ट्रिय एकता दिवसका रूपमा पनि रहेको छ। पृथ्वी जयन्ती नयाँ नेपाल हुँदाको पहिलो राजा पृथ्वीनारायण शाहको सम्झनामा हरेक वर्ष पुस २७ गते मनाइने एक दिवस हो।
गोरखा राज्यको स्थापना वि.सं १६१६ मा लमजुङका राजा यशोब्रह्म शाहका दोस्रो छोरा राजकुमार द्रव्य शाहले गरेका थिए। राजा द्रव्य शाहले मगर राजा मानसिंह खड्का मगरलाई प्रतिस्थापन गरेका थिए, जसले पहिले यस क्षेत्रमा शासन गर्ने गर्थे।
१८औँ शताब्दीको मध्यतिर उनै द्रव्यशाहका वंशज राजा पृथ्वीनारायण शाहले आफ्ना छेउछाउका स–साना राज्यका राजाहरूलाई युद्धमा पराजित गरेर एकीकृत विशाल नेपालको निर्माण गर्ने आधारशिला राखेका थिए, वर्तमान नेपाल त्यसै प्रारम्भको जगमा उभिएको छ। पृथ्वी जयन्तीको अवसरमा आज सार्वजनिक बिदा दिइएको छ ।











