काठमाडौं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन आज आइतबारदेखि सुरू हुँदैछ। भृकुटीमण्डपमा संस्थापन इतर पक्षले आहन गरेको विशेष महाधिवेशनको उद्घाटन समारोह दिउँसो १ बजे हुनेछ।
विशेष महाधिवेशनको उद्घाटन सत्रको सभापतित्व काठमाडौंको जिल्ला सभापति सबुज बानियाँले गर्नेछन्। उदेघाटन अघि काठमाडौंका विभिन्न पाँच स्थानबाट जुलुस निकालिने बताइएको छ।
जुलुस सुन्धारा, रत्नपार्क, शंकरदेव क्याम्पस, कमलपोखरी र कुपन्डोलबाट निस्कने जुलुस भृकुटीमण्डप पुग्नेछ। विशेष महाधिवेशनका लागि देशभरिबाट ६० प्रतिशत महाधिवेशन प्रतिनिधि काठमाडौं आएको आयोजक समितिले दाबी गरेको छ। इतर पक्षले विशेष महाधिवेशन गरिरहदा संस्थापन पक्षले भने यो महाधिवेशनको औचित्य नरहेको बताएको छ ।











