काठमाडौं । संस्थापन र इतर पक्षमा विवाद बढदै गएपछि नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको छ ।

कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले आज बिहान सूचना जारी गर्दै केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएका हुन्। बैठक बिहान ९ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्नेछ। बैठकमा सहभागी हुन केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र ७ वटै प्रदेश सभापतिहरूलाई निर्देशन दिइएको छ।

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले भोलिदेखि पार्टीको विशेष महाधिवेशन बोलाएका छन् । कांग्रेस संस्थापन र इतर पक्षबीच नियमिति महाधिवेशन कि विशेष महाधिवेशन भन्नेमा चर्काे विवाद छ । दुई पक्षबीच विवाद चर्कदै गएपछि पार्टी विभाजनको संघारमा पुगेको छ ।