काठमाडौं । गएको भदौ २३ र २४ गते भएका घटनाको छानविन गर्न गठित जाँचबुझ आयोगले पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको स्थान हद फुकुवा गरेको छ । आयोगले विज्ञप्ति जारी गर्दै ओलीसँग आइतबार सोधपुछ लगायत बुझ्ने कार्य सम्पन्न भइसकेको जनाएको छ ।
ओलीलाई असोज १२ गते विदेश जान र अनुमतिबिना काठमाडौं उपत्यका छाड्न रोक लगाइएको थियो। आयोगका प्रवक्ता विज्ञानराज शर्माले जारी गरेको प्रेस विज्ञप्तिमा स्थान हदको फुकुवाबारे ओलीलाई जानकारी दिने उल्लेख छ।











